जुम्ला- जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको जित सुनिश्चित देखिएको छ। निकटतम प्रतिस्पर्धी सत्ताधारी ५ दलको समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतान्तरले पछि पारेका छन्। गणना हुन बाँकी मतभन्दा बढी मतान्तरले उनी अघि लागेपछि शाहीको जित निश्चित भएको हो।
हालसम्म ३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन्। ८ हजार ३५६ मतले शाही गठबन्धनका उम्मेदवार गौतमलाई पछि छिन्। गौतमले ९ हजार ६६९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ५ हजार १४७ मत प्राप्त गरेका छन्। हालसम्मको गणनामा १ हजार ९७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।
जिल्लामा ४५ हजार ६ सय १४ मत खसेको थियो। अब ९ हजार ३४ मत मात्रै गणना गर्न बाँकी छ।