मंगलबार, असार ९, २०८३

४ दिनभित्र मतगणना सक्ने आयोगको तयारी

दोलखा, स्याङ्जा र बाजुरामा निर्वाचन भएपनि विवादको कारण मत गणना सुरु हुन सकेको छैन।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९
National life
Shivam cement

काठमाडौं- प्रदेश र प्रतिनिधिसभाको मतगणना चार दिनभित्र सक्ने तयारी गरेको छ। पुन: निर्वाचन हुने र मत गणना हुन बाँकी रहेको क्षेत्रबाहेकको मतगणना सोमबार बेलुकासम्म सक्ने तयारीअनुसार काम भइरहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए। 

दोलखा, स्याङ्जा र बाजुरामा निर्वाचन भएपनि विवादको कारण मत गणना सुरु हुन सकेको छैन। चाँडो नतिजा ल्याउनका लागि एउटा निर्वाचन क्षेत्रको मत गणना ५ वटासम्म टोली बनाएर गणना भइरहेको उनले बताए।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको मतपेटिका मतगणनास्थलमा पुर्‍याइएको आयोगले जनाएको छ।

प्रकाशित: Nov 23, 2022| 21:46 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...