सोमबार, वैशाख २८, २०८३

बलात्कारपछि ६० वर्षीयाको हत्या, दुई जना पक्राउ

मंसिर ४ गते भरतपुर महानगरपालिका-२ दुर्गा मन्दिर पछाडिको हाटबजारमा अन्दाजी ६० वर्षीया महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

भरतपुर- जबरजस्ती करणी गरी महिलाको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका–२ ठेगाना भई हाल भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दीप गुरुङ र सोही ठाउँ बस्ने विजय परियार पक्राउ परेका हुन्। 

National life

मंसिर ४ गते भरतपुर महानगरपालिका-२ दुर्गा मन्दिर पछाडिको हाटबजारमा अन्दाजी ६० वर्षीया महिलालाई बलात्कार गरी हत्या गरेको आरोपमा चितवन प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

जबरजस्ती करणी पश्चात उनीहरुले महिलाको हत्या गरी शवलाई नजिकै रहेको ठूलो गुम्बाको कम्पाउन्डभित्र झाडीमा फालेको तथ्य फेला परेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। ती महिलालाई बलात्कार गरेपछि ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए। 

प्रहरीले स्थानीयसँग सोधपुछसँगै सीसीटीभी फुटेजको विश्लेषण र अनुसन्धानबाट हत्याराको पहिचान गरेको थियो भने पक्राउपछि उनीहरुले करणी पश्चात हत्या गरेको समेत स्वीकार गरिसकेका प्रवक्ता पण्डितले बताए। यस्तै हत्या आरोपितले प्रयोग गरेको कन्डम र हत्या गर्न प्रयोग गरिएको ढुंगासमेत निजहरुले देखाएको स्थानबाट बरामद गरिएको छ। 

पक्राउ परेका ती दुई जनामाथि प्रारम्भिक अनुसन्धान सकेर जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 


प्रकाशित: Nov 23, 2022| 21:21 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।