मंगलबार, असार ९, २०८३

प्रतिनिधि सभा समानुपातिकमा कुन दललाई कति मत?

एमालेले ३ लाख १५९८ मत ल्याएँदा कांग्रेसले २ लाख ८० हजार २७२ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ५१ हजार ५९ मत ल्याएर तेस्रो स्थान बनाएको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकमा नेकपा एमालेले ३ लाख मत पुर्‍याएको छ। एमालेले ३ लाख १५९८ मत ल्याएँदा कांग्रेसले २ लाख ८० हजार २७२ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ५१ हजार ५९ मत ल्याएर तेस्रो स्थान बनाएको छ।

National life

नेकपा माओवादी केन्द्रले १ लाख ३६ हजार ५९८ मत पाउँदा र राष्ट्रिय प्रजातन्त्र पार्टीले  ७९ हजार ९२८ मत ल्याएको छ। 

जनता समाजवादी पार्टीले २९ हजार १८६ मत पाएको छ।  जनमत पार्टीले २२ हजार ५५७ मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले १४ हजार ४८० मत पाएको छ। नेकपा एसले १७ हजार २८२ मत पाएको छ। 

समानुपातिकमा सिट पाउनका लागि कम्तीमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ। 

अहिलेसम्म कुल सदर भएको मतलाई आधार मान्दा पाँच दलले मात्रै तीन प्रतिशत मत कटाएका छन्। 

Shivam cement

हालसम्मको ट्रेन्डअनुसार ३२ प्रतिशत मत एमालेले पाएको छ। कांग्रेसले करिब ३० प्रतिशत मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीको १५ र माओवादी केन्द्रको १४ प्रतिशत मत छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब ८ प्रतिशत मत पाएको देखिएको छ। हालसम्म ११ लाखभन्दा बढी मतगणना भएको छ। 

प्रकाशित: Nov 23, 2022| 20:33 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...