शुक्रबार, वैशाख १४, २०८१

वडाध्यक्ष बन्न चाहेका थिए, गुरुलाई हराउँदै सांसद चुनिए

विजयी भएपछि केही समयअघि मात्र वडाध्यक्ष बन्ने चाहना भएको तर डरले पछि हटेको सम्झिँदै उनले भने, 'वडाध्यक्ष बन्ने चाहना थियो। सांसद पदमा चुनाव जितियो। मतदातालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु।'
 |  बुधबार, मंसिर ७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, मंसिर ७, २०७९

विराटनगर- मोरङ ग्रामथान ३ सिद्राहाका जयप्रकाश चौधरी (जेपी) गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्ष बन्नका लागि चुनावमा जान चाहेका थिए। वडाध्यक्षको उम्मेदवार हुनका लागि प्रयास पनि गरे। तर, निर्वाचन आफ्नो पक्षमा नआउलाका कि भन्ने उनलाई डर भयो। चुनाव लडेनन्।

triton college

वडाध्यक्ष हुन मन गरेका चौधरीलाई परिस्थितिले प्रदेशसभाको उम्मेदवार बनायो। थारु बाहुल्य क्षेत्र रहेको मोरङ-४ को प्रतिनिधि सभामा विनोद ढकाल, प्रदेश सभाको (ख) मा जीवन घिमिरेले टिकट पाउने निश्चित भएपछि उम्मेदवारको क्लस्टर मिलाउने क्रममा जयप्रकाशलाई प्रदेशसभाको टिकट मिल्यो। प्रदेश सभाका लागि नाम सिफारिस भएदेखि नै उनी करिव टिकट पाउनेमा निश्चित थिए। 

चुनावी अभियानलाई तीव्रता दिएसँगै उनको पक्षमा माहोल बन्दै गएको थियो। माहोल राम्रो देखिएपनि मतगणनामा शुरुवाती अग्रता उनले लिन सकेनन्। उनको आफ्नो पालिकाको गणना शुरु भएपछि मतान्तरले घटाउँदै लगेका थिए। 

विराटनगर-१९ को मत गणना गर्दा उनलाई जित्नका लागि आवश्यक हुने मत उनको पक्षमा आयो। कटहरीका वडा नम्बर ४, ५, ६ र ७ , ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिकाको ५, ६ र ७ गणना गर्दा सम्म उनी ३५५ मतान्तरले अघि थिए। विराटनगर-१९ को गणना सकिँदा जयप्रकाशले  ८८४ वडाको मत थप्दै नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार नेविसंघका पूर्व केन्द्रीय सभापति गुरुराज घिमिरेलाई ४०६ मतान्तरले पराजित गरे। घिमिरेले   १५ हजार ५९ मत ल्याउँदा चौधरीले १५ हजार ४६५ मत प्राप्त गरे। 

विजयी भएपछि केही समयअघि मात्र वडाध्यक्ष बन्ने चाहना भएको तर डरले पछि हटेको सम्झिँदै उनले भने, 'वडाध्यक्ष बन्ने चाहना थियो। सांसद पदमा चुनाव जितियो। मतदातालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु।'

corrent noodles
Metro Mart

४६ वर्षीय चौधरी १५ वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरे। घरको आर्थिक अवस्था कमजोर रहेकाले जागिर खाँदै पढ्नुपर्ने बाध्यता थियो। जागिर नखाई अध्ययनलाई निरन्तरता दिन नसकिने भएपछि उनी २०६४ देखि विभिन्न संस्थाहरुमा आबद्ध रहे। उनी जुन संस्थामा आबद्ध भएपनि कामको प्रकृति एकै खालको थियो । महिला अधिकार, बालअधिकार, सशक्तीकरण, आवास अधिकारलगायतका क्षेत्रमा काम गर्ने संस्थामा उनले काम गरेका थिए। 

दलित महिलाको अधिकार, महिलाको शिक्षा, शिक्षाबाट बञ्चित बालबालिकालाई अनिवार्य शिक्षाका लागि पैरवी, राम्रो विद्यालय, सामुदायिक विद्यालयको क्षमता विकास, समावेशीताका कुरा, हरेक क्षेत्रमा महिलाको सहभागीता, जिम्मेवार पदमा महिला, सशक्तीकरण, भूमीहिनलाई आवासको अधिकार, बाल अधिकार र उनीहरुको सर्वाङ्गीण विकासजस्ता सवाल उठाउँदा उठाउँदै उनले १५ वर्ष बिताए। उनले गरेका कामको परिणाम सानो क्षेत्रमा मात्रै देखियो। यसले सबै क्षेत्रमा व्यापकता पाउन सकेन। सामाजिक सेवामै आफूलाई समर्पित गरेका चौधरीलाई नीतिनिर्माण तहमा पुग्न सके यसले व्यापकता पाउने थियो भन्ने लागिरहनथ्यो। तर, त्यस स्थानसम्म पुग्नका लागि उनले मात्रै चाहेर सम्भव थिएन। प्रदेशसभा सदस्य भएर नीति निर्माण गर्ने उनको चाहना मोरङ ४ 'क' का मतदाताले अनुमोदन गरिदिएका छन्। 

प्रकाशित: Nov 23, 2022| 19:32 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...