सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुलेखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ घाइते

कुलेखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ घाइते

प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौं लगिएको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

National life

हेटौँडा- हेटौँडा-कुलेखानी-काठमाडौं सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा आज दिउँसो २:४५ बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौं लगिएको छ। सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Nov 23, 2022| 19:02 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।