सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफैँ काम गर्ने गोदामबाट कपडा र नगद चोरी गर्ने १० जना पक्राउ

आफैँ काम गर्ने गोदामबाट कपडा र नगद चोरी गर्ने १० जना पक्राउ

प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालनमा रहेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- नेपाल प्रहरीले नगदसहित कपडा चोरी गर्ने १० जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालनमा रहेको गोपाल इन्टरप्राइजेजको गोदामबाट सामान चोरी गर्ने १० जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो।

National life

पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिकाका २७ वर्षीय रामचन्द्र खड्का, २३ वर्षीय प्रदीप केसी, १९ वर्षीय पवन बस्नेत, २० वर्षीय दिलीप कार्की, २७ वर्षीय प्रकाश कोइराला, २२ वर्षीय प्रदीप कार्की, सिन्धुलीका ४१ वर्षीय लोकबहादुर तामाङ, ओखलढुङ्गाका ३६ वर्षीय लोकबहादुर नेपाली, सर्लाहीका ३६ वर्षीय छत्रबहादुर भट्टराई र भारत बिहारका २७ वर्षीय लालबहादुर राम रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मङ्सिर २ गते सामान चोरी गरेका उनीहरूलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरिएको जानकारी दिए। कपडा चोरी गर्ने सोही गोदाममा कार्यरत कर्मचारी भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका नेपाली तथा भारतीय पर्दा र सोफा बनाउन प्रयोग हुने अन्दाजी रु ५५ लाख मूल्यका कपडा बरामद गरेको छ। यस्तै रु एक लाख ३० हजार रुपैयाँ बरामद भएको छ।

चोरीमा प्रयोग भएको बा१ज ५३६७ नंको ट्याक्सी र बा१९च ९९४० नंको बोलेरो पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि चोरीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।  -रासस

प्रकाशित: Nov 23, 2022| 22:00 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।