सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मतपेटिकामा मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिनँ

मतपेटिकामा मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिनँ

महोत्तरी-१ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ। मतगणनाका क्रममा बुधबार उक्त पत्र भेटिएको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

महोत्तरी- महोत्तरी-१ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ। मतगणनाका क्रममा बुधबार उक्त पत्र भेटिएको हो। 

National life

पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन्। त्यस क्षेत्रमा उम्मेदवारी दिने सवै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन्।

सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा मत खसाल्न जनता बाध्य भएकाल मात्र मत हाल्ने गरेको उल्लेख गरेका छन्। अर्को निर्वाचनमा उम्मेदवारहरूको उमेर र शैक्षिक योग्यता निर्धारण  गर्न पनि मतदाताले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाई खामबन्दी गरेर राखेको छ। सञ्चारकर्मीलाई फोटो खिच्न भने दिइएको छैन। 


प्रकाशित: Nov 23, 2022| 18:51 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।