मंगलबार, असार ९, २०८३

उम्मेदवार कलाकार : मतदातासँग कोही खुसी, कोही आक्रोशित

निर्वाचनमा हार बेहोरे पनि केही उम्मेदवार कलाकारले मतदातालाई धन्यवाद दिएका छन् भने केहीले मतदातासँग आक्रोश पोखेका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। निर्वाचनमा होमिएका गायक÷कलाकारले भने सोचजस्तो परिणाम ल्याउन सकेनन्। 

National life

निर्वाचनमा हार बेहोरे पनि केही उम्मेदवार कलाकारले मतदातालाई धन्यवाद दिएका छन् भने केहीले मतदातासँग आक्रोश पोखेका छन्। कमेडियन हिमेश पन्त धादिङ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुन्। उनको क्षेत्रमा यतिखेर नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता लिइरहेका छन्।

पछिल्लो मत गणनामा हिमेश तेस्रो स्थानमा छन्। मत परिणाममा पछाडि परेपछि उनले दूरदराजका मतदाताको चेतना स्तरमाथि टिप्पणी गरेका छन्। सामाजिक सन्जालमा राजमार्ग र नगरपालिका क्षेत्रका मतदाता बुझ्ने भए पनि गाउँ र लेकका मानिसको चेतना स्तरमा सुधार नआएका कारण आफूले कम मत पाएको टिप्पणी उनको छ। उनले लेखेका छन्, ‘हामी प्रचार–प्रसारमा हिँड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो। कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौंजस्तो हुन सक्दैन।’

देशका प्रमुख सहरी क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला पछि परेपछि आक्रोश पोख्दै पन्तले बिनासंगठन आफूले सम्मानित मत पाएको बताएका छन्। ‘मैले आक्रोशले भनेको होइन। मेरो भनाइ के भने मतदातालाई विस्तारै परिवर्तन गर्दै लैजानुपर्छ। प्रलोभनमा पारेर होइन,’ उनले भने।

यसैगरी काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका चलचित्र निर्देशक मनोज पण्डितले मत गणनाकै क्रममा आफ्नो हार स्वीकारिसकेका छन्। डोजर चिह्न लिएर निर्वाचनमा होमिएका पण्डितले मतदानअघि थुप्रै फन्डा गर्न भ्याए।

Shivam cement

भ्रष्टाचारमुक्त समाजका लागि भन्दै सप्ताहसमेत लगाएका पण्डितले गरेका फन्डा खासै प्रभावकारी हुन सकेनन्। पण्डितले आधा मत गनिनसक्दै फेसबुकमा लेखे, ‘स्वतन्त्र एक जना संसदमा गएर के गर्न सक्छ भन्ने अवधारणा स्थापित भएका कारण मैले धेरै मत ल्याउने अवस्था छैन। जति मत आउँछ, त्यो सद्भाव र वैचारिक समर्थनको मात्र हो। म हरेक मतको सम्मान गर्दै काभ्रेपलाञ्चोकको हितमा सधैं काम गर्नेछु। यो चुनाव मेरा लागि प्रारम्भ हो, अध्ययन हो। आफ्नो भूगोल र समाजसँगको मेरो पहिलो वार्तालाप हो। अब आफ्नो पेसा र काभ्रेको राजनीतिमा सन्तुलन व्यवस्थापन गरेर म अगाडि बढ्नेछु। मैले ४ मंसिरदेखि नै नयाँ सिनेमा लेखन प्रारम्भ गरेको छु। सिनेमामा मेरो तेस्रो चरण प्रारम्भ भएको छ।’ 

काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठ सोचेजस्तो मत ल्याउन नसकेकामा चिन्ता व्यक्त गर्छन्। उनले सामाजिक सन्जालमा यस परिणामलाई सहर्ष स्वीकार्दै अघि बढ्ने लक्ष्य लिएको बताएका छन्। श्रेष्ठले आगामी दिनमा नयाँ चुनाव चिन्ह माछालाई दर्ता गराएर एक अलग दल निर्माण गर्ने सामाजिक सन्जालमा लेखेका छन्। 

अभिनेत्री रेखा थापा मोरङ क्षेत्र ३ बाट चुनावी मैदानमा उत्रिएकी हुन्। निर्वाचनअघि गृहजिल्लामा रेखाको घरदैलो तथा कोणसभा कार्यक्रम हेर्दा विजयी हुन्छिन् कि भन्ने लाग्थ्यो। झन्डै ३ महिना मोरङमै बसेर घरदैलो गरेकी रेखाले राम्रै चर्चा पाइन्। तर उनको यो चर्चा  मतगणना सुरु भएसँगै हराएको छ। 

राप्रपाबाट मोरङ ३ मा उम्मेदवार रहेकी रेखा पछिल्लो मत गणनाअनुसार तेस्रो स्थानमा छन्। मोरङ ३ बाट कांग्रेसका सुनीलकुमार शर्माले अग्रता लिइरहेका छन्।

प्रकाशित: Nov 23, 2022| 15:13 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।