मंगलबार, असार ९, २०८३

निर्वाचनमा तनावग्रस्त बनेको बाजुराको अवस्था के छ?

निर्वाचन भएको बाजुरा तेस्रो दिनसम्म पनि बाजुरा ठप्प बनेको छ। अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले तेस्रो दिन पनि बन्द जारी राखेको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

धनगढी- निर्वाचन भएको बाजुरा तेस्रो दिनसम्म पनि बाजुरा ठप्प बनेको छ। अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले तेस्रो दिन पनि बन्द जारी राखेको हो। 

National life

जिल्ला सदरमुकाम मार्तडी, कोल्टी, फालसैनलगायतका बजार बन्द छन्। जिल्लामा यातायात, शैक्षिक सस्था, सरकारी कार्यलय चल्न सकेका छैनन्।

अनेरास्ववियु बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा टायर बालेर विरोध पर्दशन जारी राखेको छ। सोमबारदेखि जिल्ला सदरमुकाम बन्द छ। अनेरास्ववियुका नेता अयडीको हत्यारामा संलग्न भएकाहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै अनेरास्ववियुले आन्दोलन चर्काइरहेको हो।

अनेरास्ववियु बाजुराले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी रहने चेतावनी दिँदै आएको छ।

ऐडीको हत्यामा सलग्न रहेकोमा आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। यता जिल्ला प्रशासन कार्यालयले भने अहिले स्थिति सामान्य रहेको बताएको छ। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बजार, सार्वजनिक संघसंस्था र विद्यालय सञ्चालनमै रहेको दाबी गरेका छन्। 

Shivam cement

जिल्लाको त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा २ जनाको मृत्यु भएको थियो। आइतबार मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी–७ का सञ्जीव अयडी र चेतन अयडीको ज्यान गएको थियो।

प्रकाशित: Nov 23, 2022| 14:02 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...