मंगलबार, असार ९, २०८३

बर्दिया २ मा रेशमका पिता लालवीर विजयी

 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौ‌ं– बर्दिया २ मा स्वतन्त्र उम्मेदवार रेशम चौधरीका पिता लालवीर चौधरी विजयी भएका छन्।

National life

उनी गठबन्धनका उम्मेदवार सुरेश पन्तलाई १३५ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।आधिकारिक घोषणा हुन भने बाँकी छ।

लालवीरलाई रेशमपत्नी रञ्जीता श्रेष्ठ चौधरीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको थियो।

नागरिक उन्मुक्तिका संरक्षकसमेत रहेका रेशमले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए। तर जिल्ला निर्वाचन आयोगको कार्यालयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो। टीकापुर जिल्ला अदालत र उच्च अदालतले टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तका रुपमा दोषी करार गरेको थियो। रेशम डिल्लीबजार कारागारमा छन्।

रेशमको उम्मेदवारी खारेज हुनसक्ने आकलन गरेर उन्मुक्तिले सुरुमै उनका बुवा लालवीरलाई उम्मेदवारी दिन लगाएको थियो। रेशमको उम्मेदवारी खारेज भएपछि नागरिकले उनलाई समर्थन गरेको थियो। 

Shivam cement

लालवीरले धारा चुनाव चिह्न पाएका थिए।

प्रकाशित: Nov 23, 2022| 13:28 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...