मंगलबार, असार ९, २०८३

गुल्मी २ मा एमालेका गोकर्ण विष्टको ह्याट्रिक

विष्टले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९
National life
Shivam cement

काठमाडौं– गुल्मी क्षेत्र २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। विष्टले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्। 

गुल्मीबाट गोकर्ण विष्ट चौथो पटक निर्वाचित भएका हुन्। विष्टले आफ्नै पूर्वसहकर्मी झाँक्रीलाई पराजित गरेका हुन्। गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा विष्टले २८ हजार ४७६ मत ल्याएका छन् भने झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।

विष्ट २ हजार ३४ मतको अग्रतासहित विजयी भएका छन्। २०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए। 

प्रकाशित: Nov 23, 2022| 13:21 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...