मंगलबार, असार ९, २०८३

प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादी केन्द्रले कटायो १ लाख मत

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ लाख मत कटाएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको हो। 

प्रत्यक्षतर्फ मतगणना चलिरहेका १७ क्षेत्रमा अग्रता कायम राखेको माओवादी केन्द्रले हालसम्म सिन्धुली २ मा खाता खोलेको छ। समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। दोस्रोमा कांग्रेस र तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। 

हालसम्म एमालेले हालसम्म समानुपातिकतर्फ २ लाख ४१ हजार ५९४, कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ११ हजार ३९४, माओवादी केन्द्रले १ लाख ३६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार २३६, जनता समाजवादी पार्टी, नेपालले १८ हजार ७४७, जनमत पार्टीले १७ हजार ५६३, नेपाल मजदुर किसान पार्टीले १६ हजार ४७७, नेकपा एसले १३ हजार २२४, नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३४ र अन्यले ५० हजार २ मत ल्याएको निर्वाचन आयोगले बताएको छ।

प्रकाशित: Nov 23, 2022| 12:54 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...