मंगलबार, असार ९, २०८३

प्रतिनिधिसभाको समानुपातिकतर्फ कुन दलको कति मत?

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतको नयाँ अपडेट सार्वजनिक गरेको छ। नयाँ अपडेट अनुसार माओवादी केन्द्रले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ एक लाख मत कटाएको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतको नयाँ अपडेट सार्वजनिक गरेको छ। नयाँ अपडेट अनुसार माओवादी केन्द्रले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ एक लाख मत कटाएको छ। 

National life

प्रतिनिधिसभातर्फ अहिलेसम्म माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको हो।

समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। दोस्रोमा कांग्रेस र तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ।

अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टी एमालेको २ लाख ४१ हजार ५९४ मत छ। नेपाली कांग्रेसको २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीको १ लाख ११ हजार ३९४, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५७ हजार २३६ मत छ।

यस्तै जनता समाजवादी पार्टी, नेपालले समानुपातिकमा १८ हजार ७४७ मत प्राप्त गरेको छ। जनमत पार्टीको १७ हजार ५६३ मत हुँदा नेपाल मजदुर किसान पार्टीले १६ हजार ४७७ मत ल्याएको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १३ हजार २२४, नागरिक उन्मुक्ति पार्टीको ११ हजार ७३४ र अन्यको ५० हजार २ मत रहेको छ।

Shivam cement

प्रकाशित: Nov 23, 2022| 12:19 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...