सोमबार, वैशाख २८, २०८३

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

ठूलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु३च ५३४० नम्बरको जिप गए राती २ बजे ब्रेक फेल भई सडकबाट २ सय मिटर तल भीरमा खसेको थियो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९


National life

काठमाडौं– गुल्मीको सत्यवती गाउँपालिका वडा–३ कुढडाँडामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ।

दुर्घटनामा परी सत्यवतीका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापतिको मृत्यु भएको हो।

ठूलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु३च ५३४० नम्बरको जिप गए राती २ बजे एक्कासि ब्रेक फेल भई सडकबाट २ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

ज्वाङ खैरेनी इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगेको छ। इलाका प्रहरी कार्यालयबाट घटनास्थल ३२ किलोमिटर टाढा  छ।

रातीको समय दुर्घटना भएकाले मृतक तथा घाइतेको उद्दार हुन सकेको थिएन। दुर्घटना भएको खबर बुधबार बिहान स्थानीयले  प्रहरीलाई खबर गरेका थिए।


प्रकाशित: Nov 23, 2022| 11:36 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।