मंगलबार, असार ९, २०८३

समानुपातिकमा कुन दलको कति मत?

देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ। प्रतिनिधिसभातर्फको प्रत्यक्ष, समानुपातिकतर्फको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ। प्रतिनिधिसभातर्फको प्रत्यक्ष, समानुपातिकतर्फको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

National life

समानुपातिकमा अहिलेसम्म नेकपा एमालेले अग्रता कायम राखेको छ। नेकपा एमालेले अहिलेसम्म दुई लाख १८ हजार ७४८ मत प्राप्त गरेको छ। दोस्रोमा नेपाली कांग्रेस रहेको छ। 

कांग्रेस दुई लाख नजिक छ। कांग्रेसले एक लाख ९६ हजार ३८१ मत प्राप्त गरेको छ। 

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ। राष्ट्रिय स्वतन्त्र  पार्टीले अहिलेसम्म एक लाख एक हजार ३०३ मत प्राप्त गरेको हो। माओवादीले ९१ हजार १७९ मत ल्याएको छ।

त्यसैगरी राप्रपाले ५१ हजार ७४१ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टीले १६ हजार ६०५ मत प्राप्त गरेको छ।

Shivam cement

जनमत पार्टीले १५ हजार ९०३ मत ल्याएको छ। नेमकिपाले १३ हजार ६१३ मत ल्याएको छ भने नेकपा एकीकृत समाजवादीले ११ हजार ९२८ मत ल्याएको छ। नागरिक उन्मुक्ति पार्टीले १० हजार १९२ मत ल्याएको छ।

प्रकाशित: Nov 23, 2022| 09:02 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...