शनिबार, कात्तिक २९, २०८२

विश्वकपमा फ्रान्सको शानदार सुरुवात

उपाधि दाबेदार तथा साविक विजेता फ्रान्सले कतरमा जारी विश्वकपमा शानदार सुरुवात गरेको छ। मंगलबार राति अल जनोव रंगशालामा भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं- उपाधि दाबेदार तथा साविक विजेता फ्रान्सले कतरमा जारी विश्वकपमा शानदार सुरुवात गरेको छ। मंगलबार राति अल जनोव रंगशालामा भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो। 

National life

खेलको ९औं मिनेटमा क्रेग गोडविनको गोलमा अग्रतामा बनाएको अष्ट्रेलियाले त्यसलाई जोगाउन नसक्ता पराजय हुन पुग्यो। खेलको २७औं मिनेटमा थियोको असिस्टमा राबियोटले पहिलो तथा टिमका लागि दोस्रो गोल गरे। 

त्यसपछि ३२औं मिनेटमा रावियोटको असिस्टमा ओलिभर जिरुडले दोस्रो, ६८औं मिनेटमा केलियन एम्बाप्पेले तेस्रो र ७१औं मिनेटमा जिरुड व्यक्तिगत दोस्रो गोल गर्दै जीत सुनिश्चित गराए। 

समूह डी अनतर्गतकै अर्को खेलमा डेनमार्क र ट्युनिसियाले गोल रहित बराबरि खेल्दै अंक बाढेका छन्। योसँगै यस समूहका पहिलो चरणका खेल सम्पन्न हुदा फ्रान्स तीन अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। 

त्यस्तै डैनमार्क र ट्युनिसिया क्रमिक रुपमा दोस्रो र तेस्रो स्थानमा रहेका छन्। र, पराजित भएको अष्ट्रेलिया अंकविहिन हुँदै पुच्छारमा रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 23, 2022| 06:54 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।