सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीमा जीप दुर्घटना : चार जनाको मृत्यु, पाँच जना घाइते

गुल्मीमा जीप दुर्घटना : चार जनाको मृत्यु, पाँच जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

बुटवल- गुल्मीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्। जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु३च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

National life

दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षीय झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यका अनुसार घाइते हुनेमा सत्यवती-३ का ३३ वर्षीय कार्बाव्लिन सोमै, ४३ वर्षीया जमुना सोमै, ३२ वर्षीय चेतमान सिङ्जाली, ४९ वर्षीय गिरबहादुर राहादी र खण्डन सोमै रहेका छन्।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका-३ का वडाअध्यक्ष जीतबहादुर त्रामुमगरले बताए।

प्रकाशित: Nov 23, 2022| 06:49 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।