सोमबार, वैशाख २८, २०८३

बाजुरा : बूढीनन्दा-५ मा मंसिर १० गते पुन: मतदान

आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो। मतदान केन्द्रमा ९९९ मतदाता छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life

काठमाडौं- बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ। यसअघि मंसिर ४ गते एमाले र कांग्रेसबीच झडप हुँदा रोकिएको मतदान मंसिर १० गते गर्ने निर्णय भएको हो। 

आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो। मतदान केन्द्रमा ९९९ मतदाता छन्। 

पुनः मतदानको कार्यक्रम सम्पन्न भएपछि मात्र जिल्लाको मतगणना हुनेछ। बाजुरामा नेकपा एमालेका कर्ण थापा र नेपाली कांग्रेसबाट बद्रि पाण्डे मुख्य प्रतिस्पर्धी हुने आकलन गरिएको छ।

प्रकाशित: Nov 22, 2022| 22:00 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।