मंगलबार, असार ९, २०८३

सुदूरपश्चिममा कांग्रेस र एमालेको ५-५ स्थानमा अग्रता

बाजुराबाहेक प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम-२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर-२ र कञ्चनपुर-३ मा अग्रता लिएको छ। त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर-१, कैलाली-४ र ५ मा अग्रता लिएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

धनगढी- प्रतिनिधि सभातर्फ सुदूरपश्चिममा नोपली कांग्रेस र नेकपा एमालेले ५/५ स्थानमा अग्रता लगेका छन्। बाजुराबाहेक प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम-२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर-२ र कञ्चनपुर-३ मा अग्रता लिएको छ। त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर-१, कैलाली-४ र ५ मा अग्रता लिएको छ।

अछाम दुईमा नेपाली कांग्रेका पुष्प शाही, डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्र प्रसाद बडू, कञ्चनपुर-२ मा एनपी साउँद र क्षेत्र नम्बर-३ मा रमेश लेखकले अग्रता लिएका छन्। 

बझाङमा एमालेका उम्मेदवार ऐनसिंह महर, बैतडीमा एमालेका दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर–१ मा तारालामा तामाङ, कैलाली–४ मा लेखराज भट्ट र कैलाली–५ मा नारदमुनि रानाले अग्रता लिएका छन्।

प्रकाशित: Nov 22, 2022| 19:44 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...