मंगलबार, असार ९, २०८३

पछि परे प्रदेश १ का दुई पूर्वमुख्यमन्त्री

०७४ मा भोजपुर र सुनसरीबाट प्रदेशसभामा निर्वाचित भएका राई र आचार्य यस पटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

विराटनगर- प्रदेश १ का पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीमप्रसाद आचार्य पछाडि परेका छन्। ०७४ मा भोजपुर र सुनसरीबाट प्रदेशसभामा निर्वाचित भएका राई र आचार्य यस पटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्। 

National life

एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका राई नेकपा माओवादी केन्द्रका सुदन किरातीसँग प्रतिस्पर्धामा छन्। भोजपुरमा किरातीले अग्रता कायम गरेका छन्। किराँतीले ३ हजार २४५ मत ल्याउँदै अग्रता कायम गरेका छन्। उनलाई पुर्व मुख्यमन्त्री राईले २ हजार ६४१ मतका साथ पछ्याईरहेका छन्। किराती निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।

सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धामा रहेका पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्य तेश्रो स्थानमा रहेका छन्। सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले अग्रता कायम गरेका छन्। उनले ८९४ मतका साथ अग्रता कायम गरेका हुन्। थापालाई नेपाली कांग्रेसका सिताराम महतोले ७०५ मतका साथ पछ्याईरहेका छन्। महतो प्रतिनिधिसभाका निवर्तमान सदस्य हुन । एमालेका आचार्य ६२६ मताका साथ तेश्रो छन्।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने भोजपुर १ (क)मा अग्रता कायम गरेका छन्। एकीकृत समाजवादीका राईले ३ हजार ५३७ मतका साथ अग्रता कायम गरेका  छन्। उनलाई एमालेका हरिकुमार राईले २ हजार ८९ मतका साथ पछ्याईरहेका छन्।

प्रकाशित: Nov 22, 2022| 18:57 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...