बिहीबार, वैशाख २०, २०८१

अर्जेन्टिना साउदी अरेबियासँग पराजित

एक गोलले पछि परेको अवस्थाबाट अघि बढेर दुई गोल फर्काएँदै एसियाली मुलुक साउदी अरबियाले कतारमा जारी फिफा विश्वकपमा आइकोनिक सुरुआत गरेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- एक गोलले पछि परेको अवस्थाबाट अघि बढेर दुई गोल फर्काएँदै एसियाली मुलुक साउदी अरबियाले कतारमा जारी फिफा विश्वकपमा आइकोनिक सुरुआत गरेको छ। उपाधि दाबेदार टिम अर्जेन्टिनालाई पहिलो खेलमै २–१ ले हराएर साउदी अरेबियाले विश्वकपको सानदार सुरुआत गरेको हो।

triton college

यता, अपराजित ३६ खेलको यात्रा पूरा गरिसकेको अर्जेन्टिनाले भने यो विश्वकपको पहिलो खेलमै हार व्यहोरेको छ। खेलको नवौं मिनेटमै लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसरमा गोल गरेका थिए। त्यसपछि अर्जेन्टिनाले गुरेका तीन गोल नै अफसाइड भएका थिए। पहिलो हाफमा साउदी एक गोलले पछि थियो।

दोस्रो हाफको ४८औं मिनेटमा सलेह अल्सेहिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसको पाँचौ मिनेटमै सलिम अल्दावासरीले सुन्दर गोल गर्दै अग्रता खोसेका थिए।

यही अग्रता जोगाउँदै साउदीले तीन अंक जोडेको हो। यही समूहको अर्को खेलमा आजै मेक्सिकोले राति पौने ९ बजे पोल्यान्डको सामना गर्दैछ। यो जितसँगै साउदीले अन्तिम १६ को यात्रा छोटो बनाएको छ।

प्रकाशित: Nov 22, 2022| 18:11 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।