शनिबार, कात्तिक २९, २०८२

विश्वकपका चार खेल सकिँदासम्म कसले गरे कति गोल?

विश्वकपमा उपाधिसँगै गोल्डेन बुटको व्यक्तिगत स्पर्धालाई पनि महत्त्वपूर्ण मानिने गरेको छ। त्यसैले समूह चरणको सुरुबाटै गोल्डेन बुटको रेस सुरु भएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा समूह चरणका खेल सुरु भएका छन्। अहिलेसम्म समूह ‘ए’ र समूह ‘बी’का पहिलो चरणका खेल सम्पन्न भएका छन्। पहिलो चरणको ४ खेलमै १४ गोल भइसकेका छन्। चार खेलमा १४ गोल भनेको धेरै हो।

National life

विश्वकपमा उपाधिसँगै गोल्डेन बुटको व्यक्तिगत उपाधिलाई पनि महत्त्वपूर्ण मानिने गरेको छ। त्यसैले समूह चरणको सुरुबाटै गोल्डेन बुटको रेससमेत सुरु भएको छ।

अघिल्लो विश्वकपमा ६ गोल गरेका ह्यारी केनले गोल्डेन बुट जितेका थिए। यो वर्ष उनी पनि गोल्डेन बुटका मुख्य दावेदारमध्ये एक हुन्। तर पहिलो खेलमा केनले गोल गर्न सकेनन्। अघिल्लो संस्करणमा ५ गोल गरेका एम्बाप्पेले फ्रान्सलाई उपाधि दिलाएका थिए। उनी यो वर्ष पनि उत्तिकै फर्ममा छन्।

मंगलबार एम्बाप्पेले अस्ट्रेलियाविरुद्ध खेल्दै छन्। त्यो खेलमा गोल गर्न सके उनी पनि रेसमा पहिलो खेलबाटै सामेल हुनेछन्। उनीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमार, भिनिसियस जुनियर, रोबर्ट लेवान्डोस्की, मेन्फिस डिपाय, मेहेदी तारेमी, भ्यालेन्सियालगायत खेलाडी अहिलेसम्म गोल्डेन बुटको रेसमा देखिएका छन्।

अहिलेसम्म विश्वकपमा धेरै गोल गर्न सक्ने सम्भावित खेलाडी देखिने क्रम चलिरहेको छ। विश्वकपमा पहिलो खेलमै इन्टर भ्यालेन्सियाले दुई गोल गरेका छन्। यसअघिका खेलमा पनि कतारी टिमलाई दुःख दिन माहिर भ्यालेन्सियाले कतारी मैदानमै घरेलु टिमविरुद्ध दुई गोल गरे।

Laxmi sunrise bank
kumari

पहिलो गोललाई भीएआरको मद्दतले रेफ्रीले अफसाइड बताएको ४ मिनेटमै उनले कतारविरुद्ध अर्को गोल गरेका थिए। त्यस्तै, बेस्ट ह्याम र एभर्टनका पूर्वखेलाडी ह्याट्रिक गर्नबाट चुकेका थिए।

त्यस्तै, दोस्रो खेलमा इंग्ल्यान्डले इरानलाई हराउने क्रममा २१ वर्षीय बुकायो साकाले पनि २ गोल गरे। इंग्ल्यान्डले एकपक्षीय पारेको खेलमा साकाले पहिलो हाफ र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए। साका इंग्लिस क्लब आर्सनलका खेलाडी हुन्, जसबाट उनले प्रिमियर लिगमा ४ गोलसँगै १४ खेलमा ६ एसिस्ट गरिसकेका छन्।

युरोकप फाइनलमा पेनाल्टी मिस गरेपछि उनलाई सबैले आलोचना गरेका थिए। तर उनले विश्वकपमा सानदार सुरुआत गरे। यो वर्ष आर्सनलले उनलाई गोल्डेन बुटको प्रबल दावेदार बनाइसकेको छ।

इंग्ल्यान्डविरुद्धको खेलमा इरानका मेहेदी तारेमीले २ गोल फर्काएका छन्। उक्त २  गोलसँगै तारेमी पनि गोल्डने बुटको रेसमा होमिए। पोर्चुगलमा पहिले रियो एभ र अहिले पोर्टोमा खेलिरहेका उनले इंग्ल्यान्डविरुद्ध आफूलाई सावित गरे।

च्याम्पियन्स लिगमा पनि चम्किएका तारेमीले इरानलाई पनि राम्रो स्थानमा पुर्‍याउन सक्छन् भन्ने विश्वास गरिएको छ। यीबाहेक ८ खेलाडीले विश्वकपमा एक–एक गोल गरेका छन्। नेदरल्यान्ड्सका डाबी क्लासिन र कोडी गाक्पोले पनि समान १–१ गोल गरेका छन्। राम्रो लयमा रहेको भनिएको नेदरल्यान्ड्सले अघि बढ्न सके यी खेलाडीले गोल्डेन बुट जित्ने अवसर रहन्छ।

इंग्ल्यान्डका हाई रेटेड खेलाडी हुन्, ज्यान ग्रिलिस। उनीसँगै गए राती मार्कस रासफर्ड, जुड बेलिङ्घम र रहिम स्टार्लिङले पनि गोल गरेका छन्। यी खेलाडीले गोल गरेपछि उनीहरूलाई पनि गेल्डेन बुटको रेसमा राखिएको छ।

अमेरिकाका टिमोथी वेह र वेल्सका ग्यारेथ बेलले पनि समान १–१ गोल गरेका छन्।

प्रकाशित: Nov 22, 2022| 15:10 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।