काठमाडौं- रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनार्दन शर्माले प्रारम्भिक अग्रता बनाएका छन्।
३५९ मत ल्याई अग्रस्थानमा रहेका शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नन्दराम देवकोटाले पछ्याइरहेका छन्। देवकोटाले २४९ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलककुमार मल्लले ७० मत ल्याएर तेस्रो स्थान बनाएका छन्।