आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सप्तरी-२ (क) मा जनमतका सतिश सिंह विजयी, प्रदेश अर्थमन्त्रीलाई हराए

सप्तरी-२ (क) मा जनमतका सतिश सिंह विजयी, प्रदेश अर्थमन्त्रीलाई हराए

मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमत पार्टीका सतिशकुमार सिंह सप्तरी–२ को ‘क’ बाट निर्वाचित भएका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमत पार्टीका सतिशकुमार सिंह सप्तरी–२ को ‘क’ बाट निर्वाचित भएका छन्।

National life

सिंह ८ हजार ४४२ मत अन्तरले निर्वाचित भएका हुन्। उनले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई पराजित गरेका हुन्।

सिंहले १६ हजार ७३४ मत ल्याएका छन्। उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन्। पराजित साहले ८ हजार २९२ मत ल्याए।

यस्तै, सप्तरी–२ को ‘ख’ मा जनमत पार्टीकै महेशप्रसाद यादव निर्वाचित भएका छन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार एवं संघ सरकारका पूर्वमन्त्री उमेश कुमार यादवलाई पराजित गरेका छन्।

यससँगै जनमतले प्रदेशसभातर्फ दुईवटा सिटमा जित निकालेको छ। प्रतिनिधिसभातर्फ समेत सो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सुरुवाती समयदेखिको अग्रतालाई बढाउँदै गएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 22, 2022| 14:24 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।