बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • अष्ट्रेलियाविरुद्ध सुखद् सुरुवातको लक्ष्यमा विश्वविजेता फ्रान्स

अष्ट्रेलियाविरुद्ध सुखद् सुरुवातको लक्ष्यमा विश्वविजेता फ्रान्स

विश्वकप सुरु हुनु केही महिना अघिदेखि चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाइसकेको विश्वविजेता फ्रान्सलाई विश्वकप सुरु हुने दिनसम्म पनि खेलाडी गुमाउने क्रम जारी नै रह्यो।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- कतार विश्वकपमा आज मंगलबार राति विश्वविजेता फ्रान्सले अष्ट्रेलियाविरुद्ध पहिलो खेल खेल्दैछ। आफ्ना मुख्य खेलाडीहरु चोटका कारण टिमबाहिर रहेपछि फ्रान्सलाई यसपटकको विश्वकप कठिन बन्न सक्छ। 

triton college

फिफा वरीयताको चौथो स्थानमा रहेको फ्रान्सको तुलनामा अष्ट्रेलिया ३८ औं स्थानको टिम हो। यहीबाट पनि अनुमान लगाउन सकिन्छ- फ्रान्स अष्ट्रेलियाको तुलनामा बलियो टोली हो। यी दुई टिमबीच अन्तिम पटक सन् २०१८ को विश्वकपमा भेट भएको थियो। उक्त खेल फ्रान्सले २-१ गोल अन्तरले जितेको थियो।

पाँचौं पटक विश्वकपमा सहभागी भएको अष्ट्रेलियाको विश्वकपमा विगत सम्झनलायक छैन। सन् २००६ विश्वकपमा अन्तिम १६ मा स्थान बनाउनु नै उसको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो। तर विगतमा भन्दा यसपटक  अष्ट्रेलियाको टिम अलिक फरक र फ्रेस छ। आफ्ना केही खेलाडी चोटग्रस्त भए पनि अन्य खेलाडीहरुले प्रभावशाली खेल खेल्न सक्ने अनुमान लगाउन सकिन्छ।

अष्ट्रेलियाले सन् २०१० पश्चात कुनै पनि विश्वकपको खेल जित्न सकेको छैन। उक्त खराब स्थितिलाई सुधार्न चाहन्छ अष्ट्रेलिया। अष्ट्रेलियाका टिम प्रशिक्षक ग्राहम अर्नोल्ड आफ्नो टिमले समर्थकहरुले सोचेको भन्दा फरक र उत्कृष्ट खेल्ने बताउँछन्। कतारी मिडियासँग कुरा गर्दै उनी भन्छन्, ʽमैले यसपटक ठूलो कठिनाइका साथ राम्रो टिम छनोट गरेको छु। टिममा फ्रेस खेलाडीहरु छन्। उनीहरुले यसपटक विश्वकपमा प्रभाव जमाउने छन्। हाम्रो विश्वकपमा विगत त्यति राम्रो छैन हामी त्यसलाई यसपटक सुधार पनि गर्नेछौं।ʼ                                                 

चोटग्रस्त फ्रान्स
विश्वकप सुरु हुनु केही महिना अघिदेखि चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाइसकेको विश्वविजेता फ्रान्सलाई विश्वकप सुरु हुने दिनसम्म पनि खेलाडी गुमाउने क्रम जारी नै रह्यो। फ्रान्सका महत्त्वपूर्ण स्ट्राइकर करिम बेन्जेमाले विश्वकप गुमाउने भएका छन्। बालोन डी ओर विजेता बेन्जेमा तालिम गर्ने क्रममा खुट्टामा चोट लागेपछि उनले विश्वकप गुमाउने भएका हुन्। त्यसको एक साता अघिमात्रै फ्रान्सका युवा स्ट्राइकर क्रिस्टोफर एनकुन्कु घाइते भएका थिए। जर्मन क्लब आरबी लेइपिजबाट यो सिजन उच्च लयमा खेलिरहेका एनकुन्कुले विश्वकप गुमाउन पुगे। यसअघि पउल पोग्वा, एन्गोलो कान्टे, किम्पेम्बे जस्ता मुख्य खेलाडीले फ्रान्सबाट विश्वकप गुमाइसकेका छन्। आफ्ना मुख्य खेलाडी गुमाएको फ्रान्सलाई पुन: विश्वकपमा प्रभाव जमाउन केही कठिन बन्न सक्छ।

corrent noodles
Metro Mart

मुख्य खेलाडी चोटग्रस्त भएपछि अब फ्रान्सको मुख्य भर युवा फर्वाड केलियन एम्बाप्पेमा रहनेछ। सन् २०१८ मा फ्रान्सलाई विश्वविजेता बनाउन सबैभन्दा ठूलो योगदान पुर्याएका २३ वर्षिय एम्बाप्पेले आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा चिनाइसकेका छन्। टिममा एम्बाप्पेलाई साथ दिनका लागि एन्टोनी ग्रिजम्यान, उस्मान डेम्बेले, ओलिभर जिरुड जस्ता खेलाडीहरु हुनेछन्। टिमको अवस्थालाई बुझेर एम्बाप्पे विश्वकपका लागि पूर्ण रुपमा केन्द्रित भएर तयार भएको बताउँछन्।

फ्रेन्च मिडियासँग कुरा गर्दै उनले भने, 'हामी अघिल्लो पटकको जस्तै यसपालि पनि उत्साहित छौं। टिमका मुख्य खेलाडीहरु हामीले चोटका कारण गुमाइसकेका छौं। अब हामी बाँकी रहेका खेलाडीहरुले राम्रो प्रदर्शन गरेर फेरि पनि उपाधि कब्जा गर्ने लक्ष्यमा छौं। म व्यक्तिगत रुपमा विश्वकपमा केन्द्रित छु र म तयार पनि छु। म टिमलाई फेरि पनि विश्व च्याम्पियन बनाउन चाहन्छु र हामी पूरै टिमले सक्नेभन्दा धेरै प्रयास गर्नेछौं।ʼ   

फ्रान्सको सम्भावित ११    
ह्युगो लोरिस, बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज, राफेल भारान, लुकास हर्नान्डेज, एडुआर्डा कामाभिङ्गा, एड्रिएन राबिओट, माटियो गुएन्डोजी, ओलिभिर जिराउड, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे

अष्ट्रेलियाको सम्भावित ११
म्याट राएन, नाथनियल एट्किन्सन, फ्रान कारासिस, काए रोवलेस, ह्यारी सुटर, आरोन मुए, एजडिन ह्रुस्टिक, ज्याक्सन इर्भिन, जेमी म्याकलरेन, जासोन कमिङ्स, मिच डुक


प्रकाशित: Nov 22, 2022| 17:40 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।