शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोल्यान्डमाथि मेक्सिकोको नजर, डेब्यु गोलको पर्खाइमा लेवान्डोस्की

पोल्यान्डमाथि मेक्सिकोको नजर, डेब्यु गोलको पर्खाइमा लेवान्डोस्की

फिफा वरीयतामा १३औं स्थानमा रहेको मेक्सिको र २६औं स्थानमा रहेको पोल्यान्ड जारी कतार विश्वकमा समूह चरण पार गरेर माथि उक्लिने लक्ष्यका साथ मैदानमा भिड्दै छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– कतारमा जारी विश्वकपअन्तर्गत तेस्रो दिन मंगलबारको खेलमा समूह ‘सी’का दुई टोली मेक्सिको र पोल्यान्ड भिड्दै छन्। यी दुई टोलीसँगै अर्जेन्टिना र साउदी अरेबिया पनि रहेका छन्। प्रदर्शन र टिमको लय हेर्दा पोल्यान्ड र मेक्सिको एउटै स्तरका टिम हुन्।

National life

अघिल्लो संस्करणमा समूह चरण पार गर्न नसकेको पोल्यान्ड यस पटक समूह चरण पार गरेर माथि जान चाहन्छ। उता, मेक्सिकोले भने अघिल्लो संस्करणमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। मेक्सिको फिफा वरीयतामा १३औं स्थान र पोल्यान्ड २६ औं स्थानमा रहेको छ।

चर्चित मेक्सिकन गोलकिपर गुलिर्मे ओचा आफ्नो पहिलो खेलमा लेवान्डोस्कीलाई सामना गर्न तयार रहेको बताउँछन्। उनी यस समूहबाट अन्तिम १६ मा पुग्नेमा पनि विश्वस्त छन्। कतारी मिडियासँग कुरा गर्दै उनी भन्छन्, ‘हामी विश्वकपलाई लिएर उत्साहित छौं। हाम्रो टिम राम्रो लयमा छ र यसलाई निरन्तरता दिनेछांै। हामीले खेल्ने पहिलो खेलमा म पोल्यान्डका लेवान्डोस्कीको सामना गर्न तयार छु। उनी राम्रो गोलस्कोरर हुन्। मैले उनलाई सम्मान गर्ने भए पनि हामीविरुद्ध गोल गर्न दिने छैनौं। हामी विश्वस्त छौं–हाम्रो यात्रा अन्तिम १६ भन्दा माथि हुनेछ।’

ओचाको यो पाँचौं विश्वकप हो। अघिल्ला संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनका कारण ओचा सबै फुटबलप्रेमी माझ लोकप्रिय छन्।

त्यस्तै, कप्तान लेवान्डोस्की पोल्यान्डजस्तो मध्यम टिमको नेतृत्व गर्न धेरै कठिन भए पनि आफू पूर्ण रूपमा जिम्मेवारीका साथ खेल्ने बताउँछन्। खेलको प्रेस कन्फ्रनेसमा बोल्दै उनी भन्छन्, ‘म विशेष जिम्मेवारीका साथ पोल्यान्डको टिम सम्हाल्नेछु। धेरैले राम्रो प्रदर्शन गर्न नसकेकामा आलोचना गर्छन् तर पोल्यान्डजस्तो मध्यम टिमको नेतृत्व गरेर खेल्न सहज छैन। हाम्रा समर्थकको विश्वासलाई तोड्न चाहँदैनांै।’

Laxmi sunrise bank
kumari

डेब्यु गोलको पर्खाइमा लेवान्डोस्की
दुई पटकका युरोपियन गोल्डेन बुट विजेता लेवान्डोस्कीले अहिलेसम्म विश्वकपमा गोल गरेका छैनन् भन्दा अनौठो नलागे पनि यो सत्य हो। सन् २०१८ बाट विश्वकपमा डेब्यु गरेका पोलिस कप्तान लेवान्डोस्कीको पहिलो विश्वकप सम्झनलायक बन्न सकेन। उनले पहिलो विश्वकपमा तीन खेल खेल्दा कुनै पनि गोल गर्न सकेनन भने उनको टिमले पनि समूह चरण पार गर्न सकेन। 

खराब लयमा गुज्रिएको पोल्यान्ड पछिल्लो समय राम्रो लयमा खेलिरहेको छ। यस पटक प्रतिस्पर्धाको हिसाबले औसत समूहमा रहेको पोल्यान्डका लागि विश्वकपमा डेब्यु गोल गर्ने लक्ष्यमा छन्, लेवान्डोस्की। जर्मनीमा करिब एक दशक उत्कृष्ट प्रदर्शनमा बिताएर जर्मन क्लब वार्यन म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना आएका लेवान्डोस्को स्पेनिस ला लिगाको टप स्कोररसमेत हुन्। उनले बार्सिलोनाका लागि १९ खेलमा १८ गोल गरिसकेका छन्। पोल्यान्डका लागि १३४ खेल खेलेका लेवान्डोस्की ७६ गोलसहित अल टाइम टप स्कोरर हुन्। पछिल्ला दुई वटा विश्वकप छनोट चरणमा २५ गोल गरेका लेवान्डोस्की अझै पनि विश्वकपमा पहिलो गोलको खोजीमा छन्।

मेक्सिकोका सम्भावित ११ खेलाडी
गुइलेर्मो ओचाओ, जोर्ग सान्चेज, केभिन अल्भारेज, नेस्टोर अराउजो, नोहान भसक्वेज, आन्द्रे ग्वार्डाडो, हेक्टोर हेरेरा, चार्ली रोड्रिगेज, हिर्भिन लोजानो, राउल जिमिनेज, रोबर्टो अल्भाराडो।

पोल्यान्डका सम्भावित ११ खेलाडी
वाज्ने सेस्ने, कमिल गिलिक, बार्टोस बेरेस्ज्न्सकी, जान बेडनारेक, अर्तुर जेडजेज्क, ग्रेगोर्ज क्रिचोविक, कमिल ग्रोसीस्की, पिओटर जिलिन्स्की, वर्ट लेवान्डोस्की, अर्काडिउस मिलिक, क्रिस्टोफ पिअटेक।

प्रकाशित: Nov 22, 2022| 13:48 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।