सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिल्लीबजार मालपोतका तत्कालीन उपसचिवसहित परशुराम आठ जनाविरुद्ध मुद्दा

डिल्लीबजार मालपोतका तत्कालीन उपसचिवसहित परशुराम आठ जनाविरुद्ध मुद्दा

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

National life

नेपाल सरकारको नाममा बाटो कायम भएको काठमाडौं महानगरपालिका–१६ को कित्ता नम्बर १३९९ को ९१.३१ वर्गमिटर जग्गा व्यक्तिको नाममा दर्ता गरेको उनीहरूमाथि उजुरी परेको थियो। आयोगले अनुसन्धानमा कानूनी व्यवस्था विपरीत नेपाल सरकारको स्वीकृति बिना नै भक्तरत्न तुलाधरको नाममा कायम गर्ने निर्णय गरी दर्ता गर्ने र निर्णय मिसिल लुकाउने भ्रष्टाचारजन्य कसुर गरेको पाइएको थियो। 

यस कार्यमा अधिकारीसहित तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, नायब सुब्बा ताराप्रसाद जोशी, नायब सुब्बा प्रसाराम भुसाल, स्वर्गीय भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधर रहेको आयोगको ठहर छ।

सो कसुरमा स‌ंलग्न  कर्मचारी र सरोकारवाला व्यक्तिलाई अधिकतम जनही २१ लाख ३० हजार रुपैयाँ बिगो र जेल सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित: Nov 22, 2022| 13:40 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।