सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाहीमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life

सर्लाही- सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ। धनकौल गाउँपालिका-५ छठिघाट पुलस्थितमा बरहथवाबाट मधुवनी जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा सितामढी घर भएका ४० वर्षीय मुकेश राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिआर ३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी बिजय यादवले बताए। मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

मोटरसाइकल पछाडि सवार सर्लाही बलरा–५ घर भएका संजय यादव घाइते भएका छन्। उनको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Nov 22, 2022| 12:07 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।