शनिबार, कात्तिक २९, २०८२

विश्वकपमा नेदरल्यान्ड विजयी, अमेरिका बराबरीमा रोकियो

कतारमा जारी विश्वकपमा सोमबार राति भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- कतारमा जारी विश्वकपमा सोमबार राति भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ। 

National life

अलथुमाना रंगशालामा भएको खेलमा नेदरल्यान्डले अफ्रिकन च्याम्पियनलाई २-० गोल अन्तरले पराजित गरेको छ। खेलको ८० मिनेटसम्म गोलरहित बराबरी खेलेको नेरल्यान्डले ८४औ मिनेटमा फ्रेन्की डीजोङको अशिष्टमा कोडी गाक्पोले गोल गर्दै टिमलाई खेलको अन्त्यतिर अग्रता दिलाए। 

त्यसपछि खेलको अतिरिक्त समयमा क्लासिनले गोल गर्दै नेदरल्यान्डको जीत सुनिश्चित गराए। योसँगै ग्रुप ए मा रहेको नेदरल्यान्ड एक खेलबाट तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान तीन अंक जोडेको इक्वेडर तालिकाको शीर्ष स्थानमा रहेको छ।

त्यस्तै सोमबार नै भएको अन्तिम खेलमा अमेरिका र वेल्सले एक-एक गोलको बराबरी खेलेका छन्।  तिमोथी वे ले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए। तर वेल्सका कप्तान ग्यारेथ बेलले ८२ औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।  

समूह बी मा इङगल्यान्ड तीन अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै अमेरिका एक अंकसहित दोस्रो स्थानमा रहेको छ भने वेल्स पनि समान एक अंक सहित तेस्रो स्थानमा रहेको छ। उता अंक विहीन इरान तालिकाको पुच्छरमा रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 22, 2022| 10:20 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।