मंगलबार, फागुन १९, २०८२

प्लेयर्स टु वाच : अर्जेन्टिनाविरुद्ध साउदी अरबीया

विश्वकपको तेस्रो दिन आज कोपा अमेरिका च्याम्पियन तथा उपाधि दाबेदार टिम अर्जेन्टिनाले एसियन टिम साउदी अरबीयाविरुद्ध खेल्दैछ। लुसेल रंगशालामा यो खेल नेपाली समयअनुसार दिउसो ३:४५ बाट सुरु हुनेछ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौ- विश्वकपको तेस्रो दिन आज कोपा अमेरिका च्याम्पियन तथा उपाधि दाबेदार टिम अर्जेन्टिनाले एसियन टिम साउदी अरबीयाविरुद्ध खेल्दैछ। लुसेल रंगशालामा यो खेल नेपाली समयअनुसार दिउसो ३:४५ बाट सुरु हुनेछ। 

खेल चलिरहँदा सबैको नजर अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र साउदी अरबीयाका सालेह अल शेस्रीमाथि हुनेछ। उनीहरू यस खेलका प्लेयर्स टु वाच खेलाडी हुन्।

अर्जेन्टिना

लियोनल मेस्सीः जारी सिजन पिएसजीमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी उच्च लयमा छन्। उनले यो सिजन मेस्सी २६ वटा गोलमा असिस्टसहित संलग्न भइसकेका छन्। 

३५ वर्षे मेस्सी यसपटकको विश्वपमा फाइनलसम्म पुग्नसक्ने बताउँदै आइरहेका छन्। साथै यो उनको पाँचौँ तथा अन्तिम विश्वकप पनि हो। कोपा अमेरिका र फिनालिस्माको उपाधि जितेका मेस्सी विश्वकपलाई लिएर धेरै उत्साहित पनि छन्। 

kumari

अर्जेन्टिनाका लिडिङ स्कोरर मेस्सीले अहिलेसम्म ९१ गोल र ५० अशिष्ट गरेका छन्। पछिल्ला तीन वर्षदेखि अपराजित रहेको अर्जेन्टिना र उच्च लयमा रहेका मेस्सीलाई रोक्न साउदी अरबीयालाई निकै कठिन हुनसक्छ।

साउदी अरबीया

सालेह अल शेस्रीः साउदी अरबीया काउन्टर अट्याकिङ खेल खेल्छ। र, उक्त शैलीको खेल खेल्दा फिनिसिङमा सधैँ अगाडी हुने गर्छन् सालेह अल शेस्री। पछिल्ला समय साउदीको टिममा उच्च गोल स्कोरर बन्दै आएका उनी एएफसी छनोट खेलका शीर्ष गोल स्कोररसमेत हुन्।

साउदीका २९ वर्षे विंगर शेस्री अहिले घरेलु क्लब अल हिलाल एसएफसिका आबद्ध छन्। तुलनात्मक रूपमा बलियो टोलीविरुद्ध खेल्न लागे पनि शेस्री अर्जेन्टिनाविरुद्ध खतरा बन्न सक्ने खेलाडी हुन्।

प्रकाशित: Nov 22, 2022| 09:01 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।