शनिबार, कात्तिक २९, २०८२

विश्वकप : साउदी अरबको नजर मेस्सीमाथि

मेस्सीलाई रोक्नु नै साउदीको मुख्य चुनौती रहेने छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– विश्वकपको तेस्रो दिन आज समूह सी र डीको पहिलो चरणका २–२ खेल हुँदैछन्। त्यसमध्येको एक खेल आजका निकै महत्त्वपूर्ण छ। दिउँसो पौने ४ बजे अर्जेन्टिनाले साउदी अरबसँग खेल्दै गर्दा विश्वको ध्यान त्यता हुनेछ।

National life

साउदी अरबको छिमेकी मुलुकमा फुटबल भइरहेको कारण ८० हजार दर्शक अट्ने लुसेल रंगशालामा अरबी टिमका धेरै समर्थक उपस्थित हुनेछन्। साउदी अरबले कतार विश्वकपको विरोध गरेकाले टिकट धेरै किन्नेहरूमा अरबी पनि पर्छन्। त्यसैले पनि ठूलो संख्यामा साउदी अरबियान खेलका लागि आउन सक्नेछन्। साउदीको टिमका लागि आज अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी निकै भारी पर्ने देखिन्छन्। त्यतिमात्र  होइन, अर्जेन्टिनाको पुरा फरवार्ड लाइन नै अरबी मूलको टिमका लागि ठूलो चुनौती हुनेछ। र, त्यसलाई रोक्ने योजना नै अरबी खेलाडीको मुख्य हुनेछ।

मेस्सीसँगै अर्जेन्टिनाको टिममा पाउलो डिबाला, लाउतारो मार्टिनेज, जुलियन आल्भारेजजस्तो खेलाडी। कोपा अमेरिकाको फाइन खेलमा गोल गरेका थिए डी मारियाले।

जहाँ मेस्सीलाई विपक्षीले घेरा हाल्छन् बाँकी खेलाडीले बललाई पोस्टको गति दिइहाल्छन्। त्यसैले त अर्जेन्टिनाको टिम सन्तुलित र बलियो छ। अनि डिफेन्समा? उसले युवा खेलाडी ल्याएर त्यहाँका सबै अभाव टालेको छ। गोलकिपर इमिलियानो मार्टिनेजलाई त अहिले स्टार गोलकिपरको रूपमा हेर्न थालिसकिएको छ।

यिनै विभिन्न बुँदा केलाएर होला अर्जेन्टिनालाई विश्वकपको उपाधिका लागि मुख्य दाबेदारको रूपमा चर्चा गरिँदै आएको छ। त्यसैले पनि उसको मनोबल उच्च हुनेछ। साथै यसअघिका चार भेटमा दुई खेलमा अर्जेन्टिनाले जित निकालेको छ भने दुई खेलमा साउदीले बराबरीमा रोकेको छ।

Laxmi sunrise bank
kumari


१८औं पटक विश्वकप यात्रा गरिरहँदा अर्जेन्टिनाले साउदीसँग पहिलो पटक भेट  गर्दैछ। १३ पटक लगातार विश्वकपमा सहभागिता जनाउनु नै सुखद कुरा हो। यो हिसाबले त ऊ ब्राजिल (२२) र जर्मनी (१८) पछि छ। अर्जेन्टिना यसरी सहभागी भइरहँदा साउदी टिमले छैटौं पटक विश्वकप खेलेको अनुभव बटुल्नेछ।

अर्जेन्टिना विश्वकपको उपाधि जित्ने तीन अमेरिकी टिममध्ये एक त हुँदै हो। त्यससँगै पाँच पटक फाइनलमा पनि त पुगिसकेको छ। अर्जेन्टिनाको २००२ को विश्वकप बिर्सिने हो भने उसले हरेक सिजन समूह चरण पार गरेको छ।

त्यस्तै, अर्जेन्टिना सन् २०१९ देखि अहिलेसम्म अर्थात् तीन वर्षदेखि अपराजित छ। सोही क्रममा उसले दोस्रो धेरै अपराजित कीर्तिमान यात्रा गरेको इटालीको ३३ खेलको अपराजित यात्राको कीर्तिमान तोड्दै ३६ खेलसम्म अपराजित छ। यी लामो विजय यात्राको साक्षी हुन कोपा अमेरिका र फाइनालिसिमाको उपाधि अब दुई खेलसम्म अपराजित रहे उसले इटालीको सर्वाधिक ३८ खेलको अपराजित यात्रासँग बराबरी गर्नेछ। सायद त्यो उसले समूह चरणमै पो गर्न सक्छ कि!

त्यसैले आजको खेलमा फेबरेट छ अर्जेन्टिना। तर कतारी मैदानमा खेल्नका लागि माहिर टिम र त्यहाँको वातावरणसँग घुलमिल भएको टिम चाहिँ साउदी नै हो। पहिलो पटक गल्फ देशमा प्रतियोगिता हुँदा कतारले हार बेहोरिसकेको छ। त्यसैले पनि यो भेगका कुनै टिमले ठूलो टिमलाई हराउन सक्यो भने त्यसले विश्वकपलाई नयाँ फ्लेभर दिनेछ। तर फुटबलमा स्वरकल्पनाले काम गर्दैन, जुन यसको सुन्दर पक्ष पनि हो।

तर जुन दिन मेस्सीको जादु चल्छ त्यो दिन कुनै पनि विपक्षीलाई गाह्रो पर्छ, विश्व वरियताको ५१औं स्थानमा रहेका टिमलाई सजिलो हुने कुरै भएन। त्यसैले सेन्टर ब्याक अब्दुल्लेह अल अमरीका साथै लेफ्ट ब्याक यासर अल साहरानीलाई त्यो दबाब खप्न मुख्य चुनौती हुनेछ। ६६ खेल खेलेका अमरी र घरेलु खेलमा नौमध्ये पाँच खेलमा क्लिन सिट राखेका साहरानीले यो खेलको प्लेयर्स टु वाचमा पर्छन्।

३३ वर्षे मिडफिल्डर सहलमान अल–फरज, विंगर सलिम अल–दवसरीका साथै फरवार्ड फिराब अल–बुरैकन पनि खेललाई रोमाञ्चक बनाउने क्षमता भएका खेलाडी हुन्।

समूह सीकै अर्को खेलमा चाहिँ आज मेक्सिकोले पोल्यान्डको सामना गर्नेछ।  मेक्सिको निकै प्रभावशाली अमेरिकी टिम हो भने पोल्यान्ड रोबर्ट लोवान्डोस्कीको टिम।

युरोपको फुटबलमा अघि नरहे पनि उसले महत्त्वपूर्ण प्रतियोगिता खासै गुमाउँदैन। त्यसैले यी दुई टिमको खेल हेर्न रोमाञ्चक हुनेछ।  ४० हजार दर्शक क्षमताको ९७४ रंगशालामा यी दुई टिम जितको लक्ष्यसाथ मैदानमा होमिनेछन्।

आजका खेल

अर्जेन्टिना र साउदी अरब दिउँसो ३ः४५ बजे

डेनमार्क र ट्युनिसिया साँझ ६ः४५ बजे

मेक्सिको र पोल्यान्ड राति ९ः४५ बजे

फ्रान्स र अस्ट्रेलिया राति १२ः ४५ बजे

प्रकाशित: Nov 22, 2022| 08:06 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।