काठमाडौं– नेपाली कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकालेको हो।
प्रतिनिधिसभामा कांग्रेसका योगेश गौचन थकाली विजयी बने। उनले एमलेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरे। गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाए।
यसैगरी प्रदेश क मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भए। गुरुङले एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन्। गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत पाए।
प्रदेश ख मा कांग्रेसकै विकल शेरचन निर्वाचित भएका छन्। उनले एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन्। कोरियाबाट फर्केर राजनीतिमा जोडि विकलले पहिलो प्रयासमै सफलता प्राप्त गरेका हुन्।