काठमाडौं– इलाम क्षेत्र नम्बर २ प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन्।
खड्काले नेम्वाङलाई ६६ मत अन्तरले पछि परेका हुन्। कांग्रेसका खड्काले ३ सय ४२ मत ल्याउँदा नेम्वाङले २ सय ७६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार र जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन्। ६ सय ६८ मत गणना गर्दाको आकडा हो यो।
इलाममा मतगणना दिउँसो पौने २ बजे सुरु भएको हो। त्यहाँ ५९ हजार १ सय ३६ मत खसेको छ। इलाममा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन्। १ नम्बर क्षेत्रमा झलनाथ खनाल प्रतिस्पर्धामा छन्।