शनिबार, कात्तिक २९, २०८२

फोडेनलाई पछि पारेर विश्वकपमा डेब्यू गर्दैछन् बुकायो साका!

उनी सम्मिलित टिम आर्सनल अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ। यता उनकै उमेरका फिल फोडेनले अघिल्ला दुई सिजन म्याचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि जितिसकेका छन्। तर फाडेनलाई साकाले पछि पार्ने भएका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- इंग्ल्यान्डले आज कतार विश्वकपमा एसियाली प्रतिस्पर्धि इरानको सामना गर्दैछ। एसियाली देशमध्येकै सर्वोच्च वरीयतामा रहेको इरानाले आज इंग्ल्यान्डसँग खेल्दा युवा विंगर बुकायो साकाले डेब्यू गर्दैछन्।

National life

पछिल्ला सिजनमा उत्कृष्ट देखिएका फिल फोडेनलाई पछि छोड्दै आर्सनलका विंगर साकाले पहिले विश्वकपमा अवसर पाउने भएका हुन्। इंग्लिस टिमका प्रशिक्षक ग्यारेथ साउथगेटले साकालाई कार्लोस क्वेरेजको विरुद्ध सुरुवाती टिममै राख्ने द टेलिग्राफले लेखेको छ। २१ वर्षीय साका आर्सनलबाट प्रिमियर लिगमा खेलिरहेका छन्।

उनी सम्मिलित टिम आर्सनल अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ। यता उनकै उमेरका फिल फोडेनले अघिल्ला दुई सिजन म्याचेस्टर सिटीबाट प्रिमियर लिगको उपाधि जितिसकेका छन्। तर फाडेनलाई साकाले पछि पार्ने भएका हुन्।

यो सिजन साकाले पाँच गोलका साथै छ एसिस्ट गरेका छन्। अर्सनलको निकै उत्कृष्ट सुरआतको लागि साकालाई इंग्ल्यान्डले दिएको यो उपहार पनि हुन सक्छन्। यदि उनी आज रातिको खेलमा सुरुआति ११मै अटाउन सक्ने आकनल गरिएको छ। 

पछिल्लो पटक नेसन्स लिग(सेम्टेम्बर)मा जर्मनीसँग दुई गोलले पछि परेको अवस्थामा मेसन माउन्टँगै साका पनि मैदान छिरेका थिए। त्यसपछि इंग्ल्यान्डले खेलमा ३–३ को बराबरी गरेको थियो।

Laxmi sunrise bank
kumari

आजको खेलमा सेन्ट्रल डिफेन्समा ह्यारी मग्वायरसँगै सागथेटले जोन स्टोन्सलाई राख्ने सम्भावना धेरै छ। त्यस्तै किइरन ट्रिपियर र लुके शलेले इंग्ल्यान्डको फुल ब्याक सम्हाल्ने लगभग तय छ। जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डका जुडे बेलिङ्घमलाई पनि प्रशिक्षकले मिडफिल्डमा राख्ने सम्भावना धेरै छ। बेलिङ्घमसँगै डेक्लन रिसलाई साकाले अट्याकिङमा सहयोग गर्नेछन्। यो टिममा माउन्ट, रहिम स्टार्लिङ र कप्तान ह्यारी केन छुट्ने छैनन्।

प्रकाशित: Nov 21, 2022| 15:41 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।