मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • उपाधि दाबेदार इङ्ल्यान्ड एसियाली शक्ति राष्ट्र इरानविरुद्ध खेल्दै

उपाधि दाबेदार इङ्ल्यान्ड एसियाली शक्ति राष्ट्र इरानविरुद्ध खेल्दै

यी दुई टिमबीच अहिलेसम्म कुनै पनि खेल भएको छैन। त्यसैले दुवै टोली विश्वकपमा पहिलो जितको खोजीमा हुनेछन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- आइतबारबाट कतारमा ठूलो तामझामका साथ विश्वकप सुरु भएपछि आज दोस्रो दिन समूह बी अन्तर्गत एशियाली टिम इरानले उपाधि दाबेदार टिम इङ्गल्यान्डविरुद्ध खेल्दैछ। खेल कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार बेलुका ६:४५ बजेबाट सुरु हुनेछ। 

यी दुई टिमबीच अहिलेसम्म कुनै पनि खेल भएको छैन। त्यसैले दुवै टोली विश्वकपमा पहिलो जितको खोजीमा हुनेछन्। इङ्गल्यान्ड तुलनात्मक रुपमा बलियो टोली हो। पछिल्लो समय उत्कृष्ट खेलाडीका साथ खेलिरहेको इङ्गल्यान्ड अघिल्लो विश्वकपको सेमिफाइनलिस्ट र युरोकप २०२० को फाइनलमा पुगेको थियो। तर राम्रो प्रदर्शनका बाबजुद पनि उसले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन। इङ्गल्यान्ड फिफा वरीयतामा पाँचौं स्थानमा रहेको छ। त्यस्तै इङ्गल्यान्ड एशियाली टिमसँग विश्वकपमा दोस्रो पटक खेल्न लागेको हो। यसअघि इङ्गल्यान्डले एशियाली टिम कुवेतसँग सन् १९८२ मा खेलेको थियो, उक्त खेलमा इङ्गल्यान्ड १-० गोल अन्तरले विजयी भएको थियो।

टिम उच्च लयमा रहेको बेला इङ्गल्यान्डका कप्तान ह्यारी केन विश्वकपलाई लिएर उत्साहित छन्। उनी विश्वकप आफ्नो र टिमको लागि धेरै विशेष रहेको बताउँछन्। इङ्ग्लिस मिडियासँग कुरा गर्दै केनले भने, ʻयो विश्वकप हाम्रा लागि धेरै विशेष छ। हामी सबै खेलाडीहरु धेरै उत्साहित पनि छौं। हामी सन् २०१८ को विश्वकपमा धेरै राम्रो प्रदर्शन गरेका थियौं। जसले हामीलाई धेरै अनुभव बटुल्ने मौका मिलेको छ। हामी यसपटक पनि पहिलेको जस्तो राम्रो खेल्न चाहन्छौं। मेरो लक्ष्य भनेकै यो उपाधिलाई आफ्नो देशमा भित्र्याउनु हो, त्यसैले म यसका लागि सक्ने भन्दा धेरै प्रयास गर्नेछु।ʼ

उता एशियाली राष्ट्र इरान फिफा वरीयतामा २० औं स्थानमा रहँदै एशियाको सबैभन्दा शिर्ष स्थानमा छ। पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको इरान विश्वकपमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ। इरानमा पछिल्लो समय आन्तरिक मतभेदले गर्दा देशमा शान्ति छैन। त्यसैबीच इरानका कप्तान एहसान हजसाफी आफ्नो देश र घरको अवस्था ठिक नभएको तर त्यसमा आफूहरुले राम्रो प्रदर्शन गरेर केही मात्रामा भए पनि खुशी दिन चाहेको बताउँछन्। साथै टिम विश्वकपलाई लिएर उत्साहित रहेको पनि बताउँछन्।

कतारमा मिडियासँग कुरा गर्दै उनले भने, ʻयो सबैलाई थाहा छ हाम्रो देशको अवस्था राम्रो छैन। तर हामी विश्वकपको नतिजाले देशमा केही मात्रामा भए पनि खुशी दिन चाहन्छौं। अहिले हाम्रो टिमकै पनि अवस्था त्यति राम्रो छैन। तर पनि हामी अन्तिम समयसम्म लडेर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछौं। यस प्रतियोगितालाई लिएर हाम्रो टिम पूर्ण रुपमा उत्साहित छौं।ʼ

kumari

प्लेयर्स टु वाच

इङ्गल्यान्ड
ह्यारी केनः इरानविरुद्ध मैदान उत्रिँदै गर्दा सबैको नजर एक खेलाडीमाझ हुनेछ। उनी हुन् इङ्गल्यान्डका कप्तान ह्यारी केन। अघिल्लो संस्करणका गोल्डेन बुट विजेता केन विपक्षीको गोल पोष्टमा गोल गर्न माहिर छन्। विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रबाट टप स्कोरर बनेका स्ट्राइकर केन इङ्गल्यान्डका शिर्ष गोल स्कोरर हुन्। इङ्ग्लिस क्लब टोटेनहबाट खेल्ने केन यो सिजन उच्च लयमा छन्। उनले यो सिजन १५ गोल भन्दा धेरै गरिसकेका छन्। त्यसैले केनलाई रोक्न इरानका डिफेन्डरलाई धेरै सास्ती पर्ने देखिन्छ।

इरान
मेहदी तारिमेः इरानी टिमका स्टार स्ट्राइकर खेलाडी मेहदी तारिमे जसले टिममा ६३ खेल मात्रै खेल्दा ४० गोल गरिसकेका छन्। पोर्चुगिच क्लबमा आबद्ध भएर खेल्दा उनी त्यहाँका शिर्ष स्कोरर बनेका थिए। त्यसपछि उनी जर्मन क्लब बायर लिभरकुसेनमा आबद्ध  भए पश्चात अहिलेको सिजन उनी पोर्तोमा आबद्ध छन्। उनले च्याम्पियन्स लिगमा पनि गोल गरेका छन्। इरानबाट खेलेको अधिकांश खेलमा उनी गोलको हिस्सा बन्दै आएका छन्। त्यसैले उनी आफ्नो उच्च लयलाई निरन्तरता दिँदै इङ्गल्यान्ड विरुद्ध पनि गोल गर्ने लक्ष्यमा हुनेछन्।

सम्भावित सुरुआती-११
इंग्ल्यान्ड- जोर्डन पिकफोर्ड, जोन स्टोन्स, एरिक डायर, ह्यारी मग्वाएर, केइरन ट्रिपिएर, डिक्लान राइस, जुड बेलिङघम, लुक श, बुकायो साका, ह्यारी केन, रहिम स्ट्रर्लिङ

इरान-  एलीरेजा बेइरानभान्ड, सदेग मोहरमी, हुसेन कानानिजादेगन, माजिद होसेनी, एहसान हजसाफी, अहमद नौरोल्लाही, सईद इजातोलाही, ओमिद इब्राहिमी, एलिरेजा जहामबख्श, करीम अन्सारिफार्द, मेहदी तारेमी

प्रकाशित: Nov 21, 2022| 17:09 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।