सोमबार, वैशाख २८, २०८३

बैतडी जीप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

बैतडीको पाटनमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा परी घाइते ९ जना भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

बैतडी- बैतडीको पाटनमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा परी घाइते ९ जना भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको  छ।

National life

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट रहेका छन्। 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा पर‍ी ज्यान गएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार ज्यान गुमाउने सबै नेपाली प्रहरीका कर्मचारी रहेका छन्। 

घाइते दुई जनाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको बताइएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ को थूममा जिप दुर्घटनामा परेको हो।

प्रकाशित: Nov 21, 2022| 13:11 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।