मंगलबार, फागुन १९, २०८२

विश्वकपमा आज तीन खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ। कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ। कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल।

पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन्। 

त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। 

उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ। विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। यस विश्वकपमा कूल ६४ खेल हुनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन्।

फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ। कतारको अल बेयत रङ्गशालामा आइतबार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो। इक्वेडरको जितमा एनर भ्यालेन्सिया नायक बने। उनले खेलको १७ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोले। गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इक्वेडरले पेनाल्टी प्राप्त गरेको थियो, जसलाई एनरले गोल गर्न सफल भए। 

kumari

त्यस्तै खेलका ३१ औँ मिनेटमा एनरले व्यक्तिगत दोस्रो गोल गर्दा इक्वेडरको जित सुनिश्चित भयो। उनले एन्जेलो प्रेसियाडोको क्रस बललाई सदुपयोग गर्दै गोल गरे। यसपछि थप गोल हुन नसकेपछि खेल इक्वेडरले कतारमाथि २–० को सहज जित हात पार्यो। यस खेलसँगै इक्वेडरले शीर्ष तीन अङ्क जोडेको छ।

प्रकाशित: Nov 21, 2022| 10:53 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।