बुधबार, असार १७, २०८३

विश्वकपमा आज तीन खेल हुँदै, इङगल्यान्ड इरानसँग भिड्ने

कतारमा आइतबारदेखी सुरु भएको विश्वकपमा आज राति तीन खेल हुँदैछ। आज हुने पहिलो समूह 'बी'को बलियो टोलि इङगल्यान्डले एशियाली टिम इरानविरुद्ध खेल्दै छ। कतारको खलिफा अन्तराष्ट्रिय रंगशालामा ६:४५ बजेबाट यी दुई टिमको खेल सुरु हुनेछ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- कतारमा आइतबारदेखी सुरु भएको विश्वकपमा आज राति तीन खेल हुँदैछ। आज हुने पहिलो समूह 'बी'को बलियो टोलि इङगल्यान्डले एशियाली टिम इरानविरुद्ध खेल्दै छ। कतारको खलिफा अन्तराष्ट्रिय रंगशालामा ६:४५ बजेबाट यी दुई टिमको खेल सुरु हुनेछ।

त्यस्तै आज हुने दोस्रो खेलमा समूह 'ए' को बलियो टोलि नेदरल्यान्डले अफ्रिकन च्याम्पियन सेनेगलविरुद्ध खेल्नेछ। सेनेगलका स्टार खेलाडी साडियो मानेले चोटका कारण विश्वकप गुमाइसकेका छन्। जसले गर्दा सेनेगललाई ठूलो झट्का लागेको छ। यी दुई टोलीबीचको खेल राती ९:४५ बजे अलथुमाना रंगशालामा हुनेछ।

त्यस्तै आज हुने तेस्रो तथा अन्तिम खेलमा समूह 'बी' अन्तर्गतकै टिम अमेरिका र वेल्स भिड्दै छन्। अल राएन रंगशालामा यी दुई बिचको खेल राति १२:४५ बजेबाट सुरु हुनेछ।

हिजो भएको उद्घाटन खेलमा आयोज कतार अमेरिकी टिम इक्वेडरसँग २-० गोल अन्तरले पराजित भएको छ। इक्वेडरका कप्तान इनर भ्यालेन्सिया चम्किँदा घरेलु टोलीविरुद्ध हावी भएको हो। 

कतारको अल बेत रंगशालामा जारी खेलको १६ भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३१औं मिनेटमा कप्तान भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।   

यो जीतसँगै समूह 'ए' मा रहेको इक्वेडर तीन अंकसहित समूहको शीर्ष स्थानमा बसेको छ।

प्रकाशित: Nov 21, 2022| 08:12 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।