काठमाडौं- इक्वेडरका इनर भ्यालेन्सिया कतार विश्वकप २०२२ का पहिलो गोलकर्ता बनेका छन्। कतारको अल बायत स्टेडियममा जारी कतारविरुद्धको उद्घाटन खेलमा भ्यालेन्सियाले पहिलो गोल गरेका हुन्।
इक्वेडरका कप्तानसमेत रहेका भ्यालेन्सियाले १६औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। यसअघि उनले तेस्रो मिनेटमा गोल गरेका थिए। तर, भीएफआरले उनको गोललाई अफसाइड देखाएको थियो।
योसँगै जारी खेलमा इक्वेडरले कतारविरुद्ध १-० को अग्रता बनाएको छ।