शनिबार, कात्तिक २९, २०८२

रसिया विश्वकप झल्काउने १७ तस्बिर, कस्तो देख्न पाइएला कतारमा?

कतारी संस्कार र परम्पराका आफ्नै दर्शन तथा नियमहरु छन्,जुन उनीहरुले अरुलाई पनि मान्नका लागि अनुरोध गरेका छन्। यसैकारण कतारको विश्वकप केहि फरक हुन्छ भन्ने अनुमान गरिएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं– विश्वकप फुटबल सुरु नहुँदै कतारका विभिन्न किस्सा सुनिन थालेका छन्। कतारमा अहिले छोटा लुगासमेत लगाउन पाइने छैन। त्यति मात्र नभएर रंगशाला वरपर मदिरा सेवन निषेध गरिएको छ।

National life

कतारी संस्कार र परम्पराका आफ्नै दर्शन तथा नियमहरु छन्,जुन उनीहरुले अरुलाई पनि मान्नका लागि अनुरोध गरेका छन्। यसैकारण कतारको विश्वकप केहि फरक हुन्छ भन्ने अनुमान गरिएको छ।

यस्तोमा हामी चार वर्ष अघि रसियामा आयोजना भएको फिफा विश्वकप कस्तो थियो भनेर तस्बिरमा हेर्न सक्नेछौं। त्यो विश्वकपमा पहिलो पटक क्रोएसिया फाइनलमा पुगेको थियो। साविक विजेताका रुपमा विश्पकपमा प्रवेश गरेको जर्मनी त समूह चरणबाटै घर फर्किएको थियो। ब्राजिल पनि सेमिफाइनल पुग्न सकेन। उसलाई बेल्जियमले हराएको थियो।

इंग्ल्यान्डले पनि फाइनलसम्मको यात्रा गर्न सकेन। यता बेल्जियम पनि सेमिफाइनलबाटै बाहिरिएको थियो।

त्यतिबेला विश्वकप आयोजना गरेको र राम्रो प्रदर्शन गरेको रसिया भने अहिले विश्पकपमा छैन। ऊ अहिले युक्रेनसँगको द्वन्द्वमा छ। तर रसियाले चार वर्षअघि विश्वकप भने सफल रुपमा सम्पन्न गरेको थियो।

Laxmi sunrise bank
kumari

त्यहाँ विभिन्न देशका समर्थकले आफ्नो देशको जर्सीमा फुटबल टिमको समर्थन गरेका थिए। कसैले अनुहारभरी देशको झण्डाको रंग पोतेका थिए। कसैले देशको झण्डाको रंग भएको चस्मा लगाएका थिए भने कसैले आफ्नो देशको झण्डामा अंकित दाह्री कपाल रंगाएका थिए।

हारपछि अनुहार फिक्का बनाउँदै, आँशु बगाउँदै कोहि बसिरहेका थिए धेरै मानिस आफ्ना खेलाडीलाई चियर्स गरिरहेका पनि थिए। कोहि भने प्रेमिप्रेमिकालाई चुम्बनमार्फत् माया दर्शाउँदै हुन्थे।

अनि फुटबल विश्वकप कति चर्चित छ भनेर साध्यै छैन। विश्वका आधा जनसंख्याले यो प्रतियोगिता हेर्ने विश्वास गरिएको छ।

















प्रकाशित: Nov 20, 2022| 17:29 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।