सोमबार, वैशाख २८, २०८३

ताप्लेजुङको फूलबारीमा झडप, प्रहरीद्वारा हवाइ फायर

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयको भनाइ छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

National life

ताप्लेजुङ- ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकास्थित फूलबारीमा मतदान रोकिएको छ। एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान स्थगित भएको हो। दिउँसो ३ बजेपछि मतदान अवरुद्ध छ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयको भनाइ छ। प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले रोकिएको मतदान खुलाउने प्रयास भइरहेको जानकारी दिए। 

सत्ता गठबन्धन र एमालेको विवाद उग्र बन्न थालेपछि नियन्त्रणका लागि प्रहरीले हवाइ फायरसमेत गरेको थियो। उक्त केन्द्रमा २८ प्रतिशत मत खसेको छ। दिउँसो ३ बजेसम्म जिल्लामा ४० प्रतिशत मत खसेको जानकारी दिइएको छ। 

प्रकाशित: Nov 20, 2022| 16:34 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।