काठमाडौं- फिफा कतार विश्वकप २०२२ का लागि सबै टिम कतार पुगिसकेका छन्। पहिलोपटक नोभेम्बरमा आयोजना भएको विश्वकमा ३२ टिमका ६४ खेल हुँदै छन्।
ती खेलका लागि कतारले आठ रंगशाला तयार गरेको छ। विश्वकपका लागि सबैभन्दा थोरै आठ रंगशाला आवश्यक पर्दछ। त्यसका लागि कतारले न्यूनतम पापदण्ड पालना गर्दै आठ रंगशाला बनाएको हो। रमाइलो त यो छ कि मोडर्न विश्वकपमा सबैभन्दा सानो देशमा थोरै संख्यामा रंगशालामा विश्वकप हुन गइरहेको छ।
विश्वकपमा समूह चरणका ४८ खेल समावेश छन्। त्यस्तै, राउन्ड अफ १६ का आठ र तीन चरणमा आठ फाइनल खेल हुने छन्। समूह चरणका खेलहरु स्थानीय समय अनुसार दिउँसोको पौने ४ बजे, साँझको पौने ७, रातिको पैने १० र १२:४५ बजे हुनेछन्। त्यस्तै, नक आउट खेल भने साँझ ६ बजे र राति १० बजे हुनेछन्।
त्यस्तै, फाइनल खेल भने लुसाइल रंगशालामा १८ डिसेम्बरको राति पौने ९ बजे हुनेछ।
विश्वकपका लागि क्वालिफायरका खेलहरु नेपालले पनि खेलेको थियो। तर नेपाल सुरुआति दोस्रो चरणबाटै बाहिरयो। दशरथ रगशाला तयार नभएको कारण नेपालले कुनै पनि घरेलु खेलहरु नेपालमा खेल्न पाएन। विश्वकप छनोटका खेलमा नेपालले चाइनिज ताइपेइबाहेक कुनै देशलाई पनि जित्न सकेन। नेपालसँगै छनोट खेलेको अष्ट्रेलियाले भने विश्वकप खेल्नेछ।
प्रतियोगिता सुरु हुनुअघि विश्वकपका खेल हुने रंगशालाबारे जानौं।