शुक्रबार, साउन १, २०८३

बस दुर्घटनामा २ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 धनगढी- कैलालीको चिसापानी देखि महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्।
 
शुक्रबार साँझ करिव पाँच बजेको समयमा लम्की चुहा नगरपालिका-१ स्थित बल्चौर नजिकै बस दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्की चुहा नगरपालिका-१ बस्ने अनिल वादीको छोरा बर्ष १२ को कृष्ण वादी र धनगढी उपमहानगरपालिका-३ बस्ने बर्ष ३५ को परचुङ (पिटर) तामाङ रहेको खुलेको छ।

प्रहरीका अनुसार गम्भिर घाईते दूई जनाको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख हरीबहादुर वलीले जानकारी दिए। घाईतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाईतेहरु नेपाली सेनाका जवान हरेको बुझिए पनि परिचय खुलेको छैन। 

साईकल चालक अनिल बादीलाई बचाउन खोज्दा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ। बस कर्णाली रिभर यातायातको हो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।