आइतबार, चैत ८, २०८२

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिहरूलाई घरघरमा नै पुगेर कोभिड खोप लगाइदिन सुरु गरेको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

बनेपा- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिहरूलाई घरघरमा नै पुगेर कोभिड खोप लगाइदिन सुरु गरेको छ। नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा नै पुगेर लगाइदिन थालेपछि वृद्धवृद्धाहरूलाई सहज भएको छ।

National life

नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार आस्ट्राजेनकाको दोस्रो मात्रा (पहिलो डोजमा कोभिसिल्ड लगाएकालाई दोस्रो डोजमा आस्ट्राजेनेकाको खोप लगाउन थालिएको) खोप लगाएपछि भने, 'आज म खुशी छु। नगरपालिकालाई धन्यवाद दिन चाहन्छु।' 

उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो। सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए।

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्। नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो। 

नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ। नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, 'कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ।' नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ। 

Laxmi sunrise bank
kumari

आइसोलेसनमा बिरामीको चाप बढ्यो

पछिल्लो समय कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेसन केन्द्रमा सङ्क्रमितको चाप बढेको छ। पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप बढेको बताइएको छ। 

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारी दिए। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ। -रासस

प्रकाशित: Aug 10, 2021| 09:15 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्