मंगलबार, असार ९, २०८३

रुपन्देहीमा मतदान उत्साहजनक

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा बिहानैदेखि मतदाताहरू लाइनमा बसेर मत दिन थालेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

बुटवल- लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा बिहानैदेखि मतदाताहरू लाइनमा बसेर मत दिन थालेका छन्। 

National life

रुपन्देहीमा प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभा तर्फ १० निर्वाचन क्षेत्र रहेका छन्। रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन्। ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा २ सय ८ मतदान स्थल छ भने ५ वटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ।

कार्यालयका अनुसार रूपन्देही-१ मा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार छन्। रूपन्देही-२ मा प्रतिनिधिसभातर्फ १५, प्रदेशसभा १ मा १२ र २ मा ११ जना उम्मेदवार छन्।

त्यस्तै रूपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२, प्रदेशसभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन्। रूपन्देही-४ मा प्रतिनिधिसभातर्फ १३, प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन्। 

रूपन्देही ५ प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा १३ र २ मा १४ जना उम्मेदवार छन्। अहिले मतदाताहरु मतदानस्थलमा मतदान दिन आउनेक्रम बढ्न थालेको छ।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 09:41 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...