शनिबार, कात्तिक २९, २०८२

फ्रान्सलाई अर्को ठूलो झट्का, विश्वकप गुमाउँदै बेन्जेमा

फ्रान्सका महत्त्वपूर्ण स्ट्राइकर करिम बेन्जेमाले विश्वकप गुमाउने भएका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- फ्रान्सका महत्त्वपूर्ण स्ट्राइकर करिम बेन्जेमाले विश्वकप गुमाउने भएका छन्। शनिबार बेलुकी ट्रेनिङ गर्ने क्रममा खुट्टामा चोट लागेपछि उनले विश्वकप गुमाउने अन्तराष्ट्रिय पत्रकार फाब्रिजियो रोमानियोले बताएका छन्। 

National life

विश्वकप सुरु हुनु केही महिना अघिदेखि चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाइसकेको विश्वविजेता फ्रान्सलाई विश्वकप सुरु हुने दिनसम्म पनि खेलाडी गुमाउने क्रम जारि नै रह्यो। 

केहीदिनी अघि मात्रै ट्रेनिङ गर्ने क्रममा फ्रान्सका युवा स्ट्राइकर क्रिस्टोफर एनकुन्कुले पनि घाइते भएर विश्वकप गुमाइ सकेका छन्। फ्रान्सले यसअघि नै पउल पोग्वा, एन्गोलो कान्टे, किम्पेम्बे जस्ता मुख्य खेलाडी गुमाइसकेको छ। प्रतियोगितामा समूह ‘डी’मा रहेको फ्रान्ससँगै अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन्। 

फ्रान्सले आफ्नो पहिलो खेल अस्ट्रेलियाविरुद्ध मंसिर ७ गते राति १२:४५ बजे खेल्नेछ। त्यस्तै, डेनमार्कविरुद्ध १० गते राति ९:४५ बजे खेल्ने फ्रान्सले समूह चरणको अन्तिम खेल ट्युनिसियाविरुद्ध १४ गते राति ८:४५ बजे खेल्नेछ।

प्रकाशित: Nov 20, 2022| 08:31 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।