काठमाडौं- वाईसीएल सिन्धुली अध्यक्ष पुष्पराज श्रेष्ठ सहित पाँचजानालाई महानगरीय अपराध महाशाकाले अपहरण तथा शरीर बन्धक मुद्धाम अनुसन्धान सुरु गरेको छ।
आफ्नै घर निर्माण पछि ढेकेदारलाई भुक्त्तानी गनु पर्नेमा उल्टै व्यवसायीकै अपहरण गरि नगद तथा गरगहना लुटने सिन्धुली वाईसीयल अध्यक्ष पुष्पराज श्रेष्ठ, भोजपुर छिनामखु-२ का नविन कुमार राई, दाङ सैघा-कोमानन्द खड्का, बंगलाचुली-३ का सरु केसी भन्ने आषिका परियार, रामेछाप गैश्वरा-४ का कुबिन थापा भन्ने कोलबहादुर थापा मगर नुवाकोट गेर्खु-३ का शुक्रराज तामाङलाई अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता गर्ने तयारी गरेको छ।
घर निमार्ण पुरा गरि पैशा माग्ने क्रममा ठेकेदार रामबहादुर कटुवाललाई बन्धक हतियार देखाई ज्यानमार्ने धम्की सहित पचास हजार नगद, हिराजडित दुई औठी ,एघारलाखको चेक तथा बिभिन्न बैंकको चेक लुटेको बताईएको छ।
काठमाण्डौ महानगरपालीका–४ गणेश बस्ती स्थीत सुक्रराज तामाङ्गको डेरामा हत्कडी सहित बन्धक बनेका रामबहादुर कटुवाल भाग्न सफल भइ प्रहरीको उजुरीको आधारमा पुस्पराजलाई अपराध महासाखाले मंगलबार पक्राउ गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४