सोमबार, वैशाख २८, २०८३

सिरहामा दुई थान बेवारिसे भरुवा बन्दुक भेटिए

सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

National life

सिरहा- सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक सुवास बुढाथोकीका अनुसार हातहतियार बोकेर केही मानिस घुमिरहेको भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया ९ बाट शनिबार दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो। 

इलाका प्रहरी कार्यलय मिर्चैयाबाट सादा पोसाकमा खटाएको प्रहरी टोलीले बन्दुक बोक्नेहरूलाई फेला पार्न नसकेको जनाएको छ।

प्रकाशित: Nov 19, 2022| 21:00 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।