काठमाडौं–नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापा तथा नेपालका लागी चिनियाँ राजदुत यु होङ्गबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय भद्रकालीमा भएको भेटमा पारस्परिक हीतका विषयमा कुराकानी भएको थियो ।
भेटमा चिनियाँ राजदूत होङ्गले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिँदै सफल कार्याकालको शुभकामना दिएकी थिइन् ।
भेटका क्रम आगामी असोज एक गतेदेखि नेपाली सेना र चिनियाँ सेनाबीच हुने शैन्य अभ्यासका विषयमा पनि कुराकानी भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४